महोत्तरीमा चोरीको मोटरसाइकलसहित पक्राउ परेका ३ जना सार्वजनिक

 फागुन ८, २०७५ बुधबार २०:१०:५० | धनवीर महतो
unn.prixa.net

महोत्तरी - मोटरसाइकल चोरी गरेको आरोपमा पक्राउ परेका ३ जनालाई महोत्तरी प्रहरीले बुधबार दिउँसो सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पत्रकार सम्मेलन गरी पिपरा गाँउपालिका १ का २० वर्षीय अविनाश कुमार झा र स्थानीय २ जना नाबालकहरुलाई मोटरसाइकल सहित सार्वजानिक गरिएको हो ।

गत सोमबार राति स्थानीय जितेन्द्र महतोको आँगनबाट ज ६ प ७९५३ नम्बरको मोटरसाइकल चोरी गरिएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रहरीले त्यसै दिन बेलुकीपख चोरी भएको मोटरसाइकलसहित उनीहरुलाई जनकपुरबाट पक्राउ गरेको महोत्तरीका प्रहरी नायव उपरिक्षक खगेन्द्रवहादुर खडकाले बताउनु भयाे ।

पक्राउ परेकामाथि आवश्यक अनुसन्धानको लागि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रवक्ता खडकाले जानकारी दिनुभयाे । 

अन्तिम अपडेट: चैत १, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया