भारतबाट उद्धार गरिएका १७९ जनालाई काठमाण्डाै ल्याइयो

 फागुन ९, २०७५ बिहिबार ७:२५:४ | रासस
unn.prixa.net

मणिपुरकाे इम्फाल

काठमाण्डाै - भारतकाे मणिपुर हुँदै अवैध तवरबाट तेस्रो देशतर्फ लैजाने लागिएका बेला भारतबाट उद्धार गरिएका १७९ जनालाई बुधबार काठमाण्डाै ल्याइएको छ । 

मानव बेचबिखन गर्ने उद्देश्यले नेपालबाट भारत मणिपुरको विभिन्न स्थानमा पुर्‍याइएको आशङ्का गरिएका ३२ पुरुष र १४७ महिलासहित १७९ नेपाली नागरिकलाई उद्धार गरी नेपाल ल्याइएको हो । 

भारत सरकार तथा स्थानीय सङ्घसंस्था र भारतको दिल्लीस्थित नेपाली राजदूतावासको सहकार्यमा उनीहरुको गत माघ २३ गते उद्धार गरिएको थियो । मङ्गलबार झापाको काँकडभिट्टा नाका हुँदै नेपाल प्रवेश गरेका उनीहरुलाई बुधबार काठमाण्डाै ल्याएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो 

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया