अक्षय कुमारले किशोरीहरुलाई सिकाए आत्मरक्षा गर्ने तरिका

 फागुन ९, २०७५ बिहिबार ११:४२:२७ | एजेन्सी
unn.prixa.net

बलउिड अभिनेता अक्षय कुमारले हालै उनको इन्स्टाग्राम अकाउन्टमार्फत एक भिडिया सार्वजनिक गरेका छन् । भिडियोमा अक्षय कुमारले किशोरीहरुलाई आत्मरक्षाको लागि महत्वपूर्ण तरिका सिकाइरहेका छन् । 

भिडियो पोस्ट गर्दै अक्षय कुमारले लेखेका छन्, ‘नजिकैका विद्यालयबाट दुई हजारभन्दा बढी किशोरीहरु आत्मरक्षाको तालिम लिन यहाँ आएको देख्दा खुशी लागेको छ । तालिममा उनीहरुलाई आत्मरक्षा कसरी गर्ने भनेर केही आधारभूत तरिकाहरु सिकाइएको छ । आशा गर्छु की यो तालिम उनीहरुका लागि सहयोगी सावित हुनेछ ।’ 

अक्षयको यो भिडियो सार्वजनिक भएसँगै इन्स्टाग्राम प्रयोगकर्ताले उनको प्रशंसा गरेका छन् । 

 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया