‘कागजपत्र’ मा प्रेमिकाको विवाहमा पण्डित बने नाजिर

 फागुन ९, २०७५ बिहिबार १७:१२:२८ | मनोज दाहाल
unn.prixa.net

आउँदो चैत ८ मा रिलिजहुने पक्का भएको नेपाली फिल्म ‘कागजपत्र’को ट्रेलर सार्वजनिक भएको छ ।

फिल्मका ेट्रेलरमा फिल्मकामुख्यकलाकारहरुअभिनेता नाजिर हुसेन, शिल्पा मास्के, सरिता गिरी, भोलाराज सापकोेटालगायतलाई प्रस्तुत गरिएको छ ।
बैदेशिक रोजगारीका लागि नक्काली विवाहगर्ने परिपाटीको बिषयमा फिल्म निर्माण भएको ट्रेलरमा देखाइएको छ ।

इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतिमा तयार भएको फिल्म वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयुक्त ब्यानरमा निर्माण भएको हो । 

फिल्म सामाजिक तथा कमेडी कथामा निर्माण गरिएको निर्देशक तथा लेखक अपिल बिष्टले बताउनुभयो । अपिलले यसअघि ‘झुम्की’निर्देशन गरेका थिए । 
यसका निर्मातामा खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटी छन् । 

फिल्ममा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह–निर्माताको रुपमा रहेका छन् । फिल्ममा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत छ भने निमेष श्रेष्ठको सम्पादन रहेको छ । 
 

अन्तिम अपडेट: चैत २३, २०८०

मनोज दाहाल

मनाेज दाहाल कला तथा मनाेरञ्जन विधामा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया