अष्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिजका लागि भारतीय टाेली घोषणा: हार्दिक पाण्ड्या किन अटाएनन ?

 फागुन ९, २०७५ बिहिबार १८:७:५० | उज्यालो सहकर्मी
unn.prixa.net

आउँदाे आइतबारदेखि सुरु हुने अष्ट्रेलियाविरुद्धको एक दिवसीय सिरिजका लागि भारतले टिम घोषणा गरेको छ ।

हार्दिक पाण्ड्या टिममा परेका छैनन् जसले गर्दा भारतीय टिमलाई सुरुमै झड्का लागेको अनुमान गरिएको छ । पाण्ड्या घाइते भएकाले उनी अस्ट्रेलियाविरुद्धको सिरिजमा नखेल्ने बीसीसीआईले जनाएको छ ।

उनको ठाउँमा रविन्द्र जडेजाले खेल्ने भएका छन् । एक दिवसीय क्रिकेटका लागि जडेजाले पाण्ड्याको ठाउँ लिने जनाइए पनि टी–२० को विकल्प भने खुला राखिएको छ । 

यसअघि पाण्ड्या गएकाे सेप्टेम्बरमा कम्मरमा चोट लागेपछि खेल्दा खेल्दैको एसिया कप त्यागेका थिए । पाकिस्तानविरुद्ध १८ औं ओभरमा बलिङगर्दा उनलाई कम्मरमा चोटको महसुस गरेपछि स्ट्रेचरमा राखेर मैदान बाहिर लगिएको थियो ।

यस्ताे छ भारतीय टिमः

कप्तान - विराट कोहली, उपकप्तान - रोहित शर्मा, शिखर धवन, अम्बाति रायडू, केदार जाधव, विकेटकिपर - महेन्द्रसिंह धोनी, रविन्द्र जडेजा, जसप्रीत बुमराह, मोहम्मद शामी, युजबेन्द्र चाहल, कुलदीप यादव, विजय शंकर, ऋषभ पन्त, सिद्धार्थ कौल र केएल राहुल

 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया