रेफ्रीमाथि अभद्र टिप्पणी गरेका लिभरपुल प्रशिक्षक क्लाेपलाई ४५ हजार पाउण्ड जरिबाना

 फागुन १०, २०७५ शुक्रबार ८:४४:५१ | एजेन्सी
unn.prixa.net

लिभरपुलका प्रशिक्षक जुर्गेन क्लोपलाई ४५ हजार पाउण्ड जरिबाना तिराइने भएकाे छ ।

इंग्लिस प्रिमियर लिगमा वेष्ट हामविरुद्धको खेलमा रेफ्रीमाथि नराम्रो टिप्पणी गरेको भन्दै फुटबल संघले गरेकाे कारबाहीलाई स्वीकार गरेपछि उनीले जरिबाना तिर्नुपर्ने भएको हाे ।

वेष्ट हामविरुद्ध एक-एक खेलको बराबरी खेल्दा रेफ्रीले लिभरपुलले गरेको गोल अफसाइड दिएको भन्दै रेफ्रीमाथि अभद्र टिप्पणी गरेको भन्दै क्लाेपलाई  कारबाही गरिएकाे हाे ।  उनले  यसलाई स्वीकार गर्दै ४५ हजार पाउण्ड फाइन तिर्ने भएका छन् ।

फेब्रुअरी ४ तारिखमा भएको खेलमा साडियो मानेले लिभरपुलका लागि गोल गरेका थिए । तर केभिन फ्रेन्डले जेम्स मिल्नर अफसाइडमा भएकाे निर्णय गरेपछि क्लोप रेफ्रीमाथि आक्रोशित भएका थिए । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया