काठमाण्डाै गोल्डेन्सले डीपीएल क्रिकेट प्रतियाेगिता बहिष्कार गर्‍याे

 फागुन १०, २०७५ शुक्रबार ११:५०:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - धनगढीमा जारी डीपीएल क्रिकेट प्रतियोगिताकाठमाण्डाै गोल्डेन्सले बहिष्कार गरेको छ ।

उसका अनुभवी बलर अंकित दबासलाई बलिङ प्रतिबन्ध लगाएपछि आज हुने महेन्द्रनगर युनाइटेडसँगको दोस्रो क्वालिफायर बहिष्कार गरेको हो ।

योसँगै डीपीएलको उपाधिका लागि शनिबार सीवाईसी अत्तरिया र महेन्द्रनगर युनाइटेडले उपाधि भिडन्त गर्ने छन् । नियमविपरीत बलिङ गरेको भन्दै काठमाण्डाैका महत्वपूर्ण खेलाडीसमेत रहेका अंकित दबासलाई डीपीएलमा प्रतिबन्ध लागेपछि काठमाण्डाै आयोजकसँग रुष्ट बनेको थियो ।

काठमाण्डाै गाेल्डेन्सका एक पदाधिकारीले भने, ‘विदेशी खेलाडीमा टिमले धेरै लगानी गरेको हुन्छ, उनलाई प्रतिबन्ध लगाएपछि हामी कसरी खेल्ने ।’ जारी प्रतियोगितामा उत्कृष्ट फर्ममा रहेका दबासले १५३ रन बनाउँदै शीर्ष स्थानमा छन् भने बलिङतर्फ पनि ६ विकेट लिइसकेका छन् ।

‘फ्रेन्चाइज क्रिकेटमा मालिकले जे भन्यो त्यही गर्ने हो, उहाँहरुको निर्णय कुरेर बसेका छौं’, काठमाण्डाैका पदाधिकारीले भने । ‘पाँच म्याचसम्म चाहिँ गलत देखिएन, छैटौं म्याचमा आएर खराब बलिङ भन्ने?, यो निर्णय पूर्वाग्रही देखियो’, उनले थपे ।

कुनै खेलाडीको बलिङमा शंका लागेको खण्डमा व्यापक अनुसन्धानपछि मात्र प्रतिबन्धको निर्णय लिइन्छ । तर यसमा कुनै अध्ययन अनुसन्धानबिना नै प्रतिबन्ध लगाइएको आरोप काठमाण्डाै गोल्डेन्सले लगाएको छ ।

अंकित दबास झारखण्डबाट भारतको रणजी ट्रफी खेलिसकेका खेलाडी हुन् । झारखण्डबाट उनले यू–१६, यू–१९ र यू–२३ पनि खेलिसकेका छन् ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया