नेकपाकाे सांगठनिक एकता टुंग्याउन गठन गरिएकाे कार्यदल भङ्ग

 फागुन १०, २०७५ शुक्रबार १२:१३:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सांगठनिक एकीकरणका लागि सुझाव प्रस्तुत गर्न गठित कार्यदल भङ्ग गरिएकाे छ ।

कार्यदलको म्यादबारे निर्णय लिन आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले कार्यदल भङ्ग गरी बाँकी जिम्मेवारी सचिवालयलाई नै जिम्मा दिने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

यसअघि कार्यदलका सदस्यले एक हप्ता म्याद थप्न आग्रह गरेका थिए । तर, सचिवालयले त्यसका बारेमा निर्णय गर्न सकेको थिएन । गएकाे मंसिर २९ देखि पुस १३ सम्म बसेको स्थायी समिति बैठकले एकताको बाँकी कामलाई सहज बनाउन सिफारिससहितको प्रतिवेदन तयार गर्नका लागि कार्यदल गठन गरेको थियो।

कार्यदललाई १० दिनभित्र बुझाउन भनिए पनि झण्डै डेढ महिनामा पनि सहमतिको प्रतिवेदन बुझाउन नसकेपछि अपुरो प्रतिवेदन सचिवालयमा बुझाइएको थियो ।

पार्टीको सांगठनिक एकताको काम टुंगो लगाउने जिम्मेवारी पूरा गर्न नसकेपछि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै बैठकमा कार्य दल विघटन गर्ने प्रस्ताव गर्नु भएको थियो ।     

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया