प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डाै – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दक्षिण कोरियाकै प्रतिष्ठित पुरस्कार प्रदान गरिएको छ । विश्व आर्थिक वृद्धिमा गति प्रदान गरेको र अन्तर्राष्ट्रिय सहयोगलाई प्रोत्साहन गरेका कारण शुक्रबार मोदीलाई सन् २०१८ को सियोल शान्ति पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कार प्रदानको अवसरमा नरेन्द्र मोदीको जीवनीमा आधारित एक लघु फिल्म पनि देखाइएको थियो । प्रधानमन्त्री मोदीले पुरस्कार ग्रहण गर्दै यो आफ्नो सफलता नभएर भारतीय जनताले दिलाएको सफलता बताउनुभएको थियो ।
यस्तै विश्वमा बढ्दै गएको आतंकवादी सञ्जाल र तिनीहरुलाई वित्तिय सहयोग गर्ने दाताहरुलाई पूर्णतया नष्ट गर्नको लागि नयाँ कदम उठाउनुपर्ने पनि उहाँले बताउनुभयो ।
शान्ति पुरस्कार ग्रहण गरेपछि उहाँले भारत पनि दक्षिण कोरिया झैं सीमा आतंकवादबाट पीडित भएको भन्दैै गएको ४० वर्षदेखि भारत सीमा आतंकवादबाट पिल्सिएको बताउनुभयो ।
सन् १९९० सालमा स्थापना भएकोे दुई लाख अमेरिकी डलर राशीको सियोल शान्ति पुरस्कार प्रत्येक दुई-दुई वर्षमा प्रदान गरिन्छ । सन् २०१६ मा यो पुरस्कार कंगोका डेनिस मुकवेगेलाई प्रदान गरिएको थियो ।