स्थानीय तहका सञ्चार माध्यमका विज्ञापनको नियमन गर्ने अधिकार स्थानीय तहलाई नै दिइने

 फागुन १०, २०७५ शुक्रबार १९:९:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले स्थानीय तहमा सञ्चालित रेडियो तथा छापा सञ्चार माध्यामहरुले प्रसारण गर्ने विज्ञापनको नियमन गर्ने अधिकार स्थानीय तहलाई नै दिने तयारी गरेको छ । 

संघीय संसदको विधायन व्यवस्थापन समितिमा दफावार छलफल सुरु गरिएको ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा स्थानीय तहमा सञ्चालित रेडियो तथा छापा संचार माध्यामहरुले प्रसारण गर्ने विज्ञापनको नियमन गर्ने अधिकार स्थानीय तहलाई नै दिने प्रस्ताव गरिएको हो ।

बिजुलीको पोलमा होर्डिङ बोर्ड राख्न जानेहरु आफै करेन्ट लागेर ज्यान जानसक्ने अवस्थासमेत आएकाले त्यस्ता विज्ञापनको नियमन गरी उचित व्यवस्था गर्ने अधिकार स्थानीय तहलाई नै दिने गरी कानुनी व्यवस्था गर्न लागिएको संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो ।

शुक्रबार समितिको बैठकमा बोल्दै उहाँले सो विधेयकमा मानव स्वास्थ्य प्रतिकूलको विज्ञापन उत्पादन गर्ने कम्पनीमाथि कडा कारबाही गर्ने प्रावधान पनि राखिएको बताउनु भयो ।

विधेयकमा विदेशी टेलिभिजन च्यानलहरुले निषेधित क्षेत्रमा विज्ञापन गरेमा, मन्जुरी नलिई इमेल वा एसएमसबाट विज्ञापन गरेमा कारबाही गर्ने पनि उल्लेख गरिएको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया