प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
नेपाल आयल निगमले आफ्नै नागरिक बडापत्र जारी गर्ने भएको छ ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले सेवाग्राहीले पाउने सेवाको समयसमेत उल्लेख गरिएको नागरिक बडापत्र जारी गर्न लागिएको जानकारी दिनु भएको हो ।
उहाँले सो बडापत्रमा टयांकरले पम्पहरुमा र पम्पबाट नागरिकहरुले कति समयमा पेट्रोलियम पदार्थ पाइसक्ने भन्ने कुरा खुल्ने गरी राख्न टिम नै तयारी पारी कामलाई अघि बढाइएको पनि बताउनुभयो । पौडेलले सिस्टमको विकास हुन नसकेकाले निगमले सेवाग्राहीहरुको गुनासो सम्बोधन गर्न नसकेको पनि स्मरण गराउनु भयो ।
शुक्रबार पत्रकार सम्मेलन गरी उहाँले सरकारले जारी गरेको निगमसम्बन्धि नागरिक बडा पत्रले सेवाग्राहीको मागलाई सम्बोधन गर्ने अवस्था नरहेपछि आफूले नयाँ बडा पत्र जारी गर्ने सोच बनाएको पनि स्पष्ट पार्नु भयो ।
कार्यकारी निर्देशक पौडेलले पेट्रोल पम्पहरुमा पेट्रोलियम पदार्थहरुको अभाव नहुने गरी स्टोर गरिएको पनि स्पष्ट पार्नुभयो । आफूले निगमको काम थालेको ४५ दिन भएको र यसबीचमा सबैभन्दा बढि पम्पहरुमा पेट्रोलियम पदार्थ स्टोर गर्न आफू सफल भएको कार्यकारी निर्देशक पौडेलको दावी छ ।