डेब्यु खेलमै पीएसएलमा नेपाली ठिटाे सन्दीपकाे सनसनी

 फागुन १०, २०७५ शुक्रबार २०:२५:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

पाकिस्तान सुपर लिग क्रिकेट पीएसएलमा सन्दीपले आफ्नो डेब्यु खेललाई सम्झना लायक बनाएका छन् ।

हालै बिग ब्याश खेलेर फर्किएका सन्दीपले पीएसएलमा लाहोर कलन्दर्सबाट आज डेब्यु गरेका हुन् । पछिल्ला तीन खेल छोडेका सन्दीपले डेब्यु खेलमै महत्वपूर्ण तीन विकेट लिएर तहल्का मचउन सफल भए ।

मुल्तानसुल्तानले लाहोरमाथि रनको पहाड खडा गर्ने क्रममा बलिङमा आएका सन्दीप पहिलो ओभरमा भने पिटिएका थिए । पहिलो ओभरमा १७ रन खाएका सन्दीपले  दोस्रो र तेस्रो र चौथो ओभरमा महत्वपूर्ण तीन विकेट लिए । दोस्रो ओभरमा उनले लाहोरो क्वालन्दर्सलाई पहिलो सफलता दिलाएका थिए ।

उमर सिद्धिकी र जेम्स भेन्सका बीचमा पहिलो विकेटका लागि भएको पीएसएलकै सर्वाधिक ठूलो साझेदारीलाई तोड्न सफल भए । उनको बलमा ११।५ औं ओभरमा ८४ रन बनाएर क्रिजमा रहेका जेम्स भेन्सलाई फकर जमामको हातबा क्याच आउट गराएका थिए । व्यक्तिगत तेस्रो ओभरमा सन्दीपले सोयब मलिकलाई आउट गरे ।

यसैगरी अन्तिम ओभरमा उनले आन्द्रे रसेललाई आउट गर्दै डेब्यु खेलमै महत्वपूर्ण तीन विकेट लिन सफल भए । उनले समग्रमा ४६ रन दिए । लाहोरका तर्फबाट अहिलेसम्म कुनै पनि स्पिनरले विकेट लिन नसकेका बेला सन्दीपले त्यो खडेरी पनि तोडे । यसअघिका तीन खेलमा मिडियम पेसर बलरले मात्र विकेट लिएका थिए ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया