केही दिन माैसम पूर्ण रुपमा नखुल्ने

 फागुन ११, २०७५ शनिबार ८:१०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अबको केही दिन देशभरिकै मौसम पूर्ण रुपमा नखुल्ने मौसमविद्ले बताएका छन् ।

आज दिउँसोपछि पश्चिमी वायु केही सक्रिय हुने देखिएकाले दिउँसोदेखि नै देशभरिकै मौसम एकैछिन खुल्दै फेरि बदली हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार आज दिउँसो देशभरिकै मौसम आशिंक बदली भए पनि पानी पर्ने सम्भावना छैन ।

भोलि र पर्सि थोरै पहाडी भेगमा मेघगर्जनसहित पानी पर्ने उहाँको अनुमान छ । यस्तै अब प्रि-मनसुन सुरु हुन लागेकाले दिउँसो हावा पनि लाग्न सक्ने उहाँले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया