मच्छेगाउँमा राँगोले हान्दा एक जनाको ज्यान गयो

 फागुन ११, २०७५ शनिबार ११:२:५ | उज्यालो सहकर्मी

काठमाण्डौ – काठमाण्डौको मच्छेगाउँमा राँगोले हान्दा एक जनाको ज्यान गएको छ । 

चन्द्रागिरि नगरपालिका–९, मच्छेगाउँका ६५ वर्षीय मानवीर महर्जनको ज्यान गएको हो ।  मर्निङ वाकमा निस्किएका महर्जनलाई राँगोले हानेको थियो । राँगोलाई प्रहरीले गोली हानेर मारेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ । राँगो कसको हो ? र किन छोडिएको भन्ने विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया