जम्मू-कश्मीरका 'विखण्डनकारी' नेता यासिन मलिक पक्राउ

 फागुन ११, २०७५ शनिबार १३:६:२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – जम्मू-कश्मीरकाे विखण्डनमा लागिपरेकाहरुमाथि गरिएको विशेष कारबाहीमा शुक्रबार राति जम्मू-कश्मीर लिबरेसन फ्रन्ट(जेकेएलएफ) का प्रमुख यासिन मलिकलाई हिरासतमा लगिएको छ ।

पुलवामा जिल्लामा सीआरपीएफको टोलीमाथि भएको आतंकवादी हमलाको आठ दिनपछि यो कारबाही अघि बढेको हो । भारतीय समाचार एजेन्सीले बताएअनुसार अन्य विखण्डनकारी नेताहरुलाई भने पक्राउ गर्न सकिएको छैन । अहिले त्यहाँ प्रहरी र अर्धसैनिकहरुलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ । 

समाचारका अनुसार यासिन मलिकलाई गएराति उनको मायसुमास्थित आफ्नै घरबाट हिरासतमा लगिएको थियो । त्यहाँबाट पक्राउ गरेपछि प्रहरीले उनलाई कोठीबाग थाना लिएर गएका छन् । उनलाई २६ फेब्रुअरीको आसपासमा भारतीय संविधान अनुच्छेद ३५ को ‘ए’ मा रहेर सजाय सुनाइने बताइएको छ ।

योभन्दा अगाडि पुलवामा हमलापछि सरकारले यासिन मलिक र अन्य केही नेताहरुको सुरक्षा फिर्ता लगेको थियो । तर यस विषयमा मलिकले भने राज्यको तर्फबाट उनलाई कुनै पनि सुरक्षा नमिलेको बताएका छन् ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया