डा ता आओ फुटबल च्याम्पियनसिप: अभिषेक रिजालको ह्याट्रिक, नेपालको दोस्रो जित

 फागुन ११, २०७५ शनिबार २०:२:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतमा जारी डा ता आओ अन्तराष्ट्रिय फुटबल च्याम्पियनसिपमा नेपालको एन्फा यू–२१ टोलीले दोस्रो जित निकालेको छ ।

एसएआई स्टेडियमा शनिबार भएको खेलमा नेपालमा अभिषेक रिजालको ह्याट्रिकको मद्दततले मणिपुरविरुद्ध ३–१ गोल अन्तरको जित निकालेको हो । १९ औं मिनेटमा अभिषेकले नेपालका लागि पहिलो गोल गरेका थिए ।

उनले अनिल महर्जनको पासमा गोल गर्दै सुरुआती अग्रता दिलाएका हुन् । शुरुदेखिनै आक्रामक खेलेको नेपालका लागि अभिषेकले ३० औं मिनेटमा अग्रता दोब्बर पारे । पहिलो हाफमा २–० को अग्रता बनाएको नेपालले दोस्रो हाफको शुरुमा भने एक गोल खाएको थियो ।

मणिपुरका लागि संन्जु सिंहले गोल गर्दै टिमलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर ७८ औं मिनेटमा धिरज श्रेष्ठलाई मणिपुरका किपरले डी बक्समा लडाए पछि नेपालले पेनाल्टी पाएको थियो । नेपाललाई पेनाल्टी दिएपछि केहीबेर खेल  अबरुद्ध भएको थियो ।

८२ औं मिनेटमा अभिषेकले नेपालले पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै ह्याट्रिक पूरा गरे ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया