पीएसएल: सन्दीप लामिछानेले दिए दुई ओभरमा १३ रन

 फागुन ११, २०७५ शनिबार २०:१०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

पाकिस्तान सुपर लिग क्रिकेट- पीएसएलमा नेपाली युवा बलर सन्दीप लामिछानेले दुई ओभरमा १३ रन दिएका छन् ।

लाहोर कलन्दर्सबाट खेलिरहेका सन्दीपले क्वेट्टा ग्लाडियटर्सविरुद्ध व्यक्तिगत पहिलो ओभरमा ३ रन खर्चिएका थिए । दोस्रो ओभरको पहिलो बल डट राखेका सन्दीपले दोस्रो बलमा छक्का खाएका थिए ।

उनको बलमा अहशन अलीले छक्का प्रहार गरे । तेस्रो बलमा एक रन लिएपछि स्ट्राइकमा आएका सर्फराज अहमदले चौथो बल डट राख्दा पाँचौं बलमा २ रन खर्चिए । दोस्रो ओभरको अन्तिम बलमा १ रन दिएका थिए । दुई ओभर बलिङ गर्दा सन्दीपले समग्रमा १३ रन खर्चिए ।

त्यसअघि लाहोरले टस हारेर पहिला ब्याटिङ गर्दा ७ विकेट गुमाएर १४३ रन बनाएको थियो । उसका लागि सन्दीपले नट आउट ५ रनको पनि योगदान गरेका थिए । लाहोरका लागि कप्तान एबी डिभिलियर्स ४५ रनमा नट आउट रहँदा सोहेल अख्तरले २९ रन बनाए ।क्वेट्टाका लागि गुलाम मुदसरले ३ विकेट लिए ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया