उदयपुरमा ५ घरमा आगलागी, ६६ लाख बराबरको क्षति

 फागुन ११, २०७५ शनिबार २०:४२:४३ | सुवास दर्नाल

सोलुखुम्बु – उदयपुरमा आगलागीबाट ६६ लाख बराबरको क्षति भएको छ । 

शनिवार दिउँसो जिल्लाको रौतामाई गाउँपालिका ४ डुम्रेमा भएको आगलागीबाट ५ घर जलेर नष्ट हुँदा ६६ लाख मूल्य बराबरको क्षति भएका उदयपुर प्रहरीले जनाएको छ । 

दिउँसो १ बजे आचानक भएको आगलागीबाट कमल बहादुर कार्की, बिदुर कार्की, दिपक कार्की, राजेन्द्र कार्की र ज्ञान बहादुर कार्कीको घर पुर्ण रुपमा जेलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

आगलागीबाट ७ वटा गोठ तथा ५४ वटा चौपायासहित सम्पूर्ण सामान जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।
प्रहरी र स्थानीयवासीको सहयोगमा शनिबार साँझ ७ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया