दत्त र सुवेदीको संसदीय सुनुवाई हुँदै

 फागुन १२, २०७५ आइतबार ९:५८:४८ | उज्यालो सहकर्मी

काठमाण्डौ – संसदीय सुनुवाई समितिले मधेसी आयोगमा सिफारिस डाक्टर विजयकुमार दत्त र राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा सिफारिस शान्तराज सुवेदीको संसदीय सुनुवाई गर्दैछ । आइतबार बिहान ११ बजे बस्ने बैठकमा दुवै जनाको सुनवाई हुने समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । 

दुवैजनाविरुद्ध कुनै उजुरी नपरेकाले आइतबार नै अनुमोदन गर्ने समितिको तयारी छ । समितिको बैठकमा मुश्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम अन्सारीविरुद्ध परेको उजुरीमाथि उजुरीकर्तासँग छलफल हुँदैछ । अन्सारीविरुद्ध ४ वटा उजुरी परेका छन् । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया