पार्टी कार्यालयमै नेविसंघका दुई गुटबीच कुटाकुट, कार्यालय प्रवेश निषेध

 फागुन १२, २०७५ आइतबार १३:५८:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ३२ वर्षीय उमेर हद लागू गर्ने कि नगर्ने भन्ने विषयमा नेपाल विद्यार्थी संघका दुई गुटबीच कुटाकुट भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा कुन्दनराज काफ्ले समूहले ३२ वर्षीय उमेर हद लागू हुनुपर्ने माग राख्दै नाराबाजी गरिरहेको अवस्थामा अर्को समूह पनि पुगेको थियो ।

दुई पक्षबीच ढुंगा हानाहान र मुक्कामुक्की भएपछि प्रहरीले हस्तक्षेप गरेको छ । थप झडप हुन नदिन प्रहरीले नेविसंघका कुनै पनि कार्यकर्तालाई कांग्रेस केन्द्रीय कार्यालयमा छिर्न दिएको छैन । 

‘झडपपछि सबै कार्यकर्तालाई गेट बाहिर पठाएका छौं, घाइतेको विवरण आएको छैन, हामी विवाद मिलाउने प्रयासमा छौं’ पार्टी कार्यालयका सचिव प्रदिप पराजुलीले उज्यालो अनलाइनसँग भन्नुभयो । 


 

तस्बिर : नेविसंघका नेता सुशील भट्टकाे फेसबुकबाट

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया