प्रार्थनाका लागि उभिएका ३७ विद्यार्थी एक्कासी बिरामी, उपचारमा समस्या

 फागुन १२, २०७५ आइतबार १४:३०:३ | राजु लामिछाने
unn.prixa.net

रुकुमपूर्व – आइतबार बिहान विद्यालयमा प्रार्थना गर्न उभिएका रुकुमपूर्वकोे एक विद्यालयका विद्यार्थीहरु एक्कासी बिरामी परेका छन् । पुथा उत्तरगङ्गा गाउँपालिका ६ मयाङको जनजागृत आधारभूत विद्यालयका ३७ जना विद्यार्थी एकैपटक बिरामी भएका हुन । 

विद्यालयमा आएर प्रार्थना गरिरहेका विद्यार्थीहरुमा एक्कासी टाउको दुख्ने, ज्वरो आउने, रिंगटा लाग्ने, वान्ता हुनेजस्ता समस्या देखिएको प्रधानाध्यापक चेतकुमार सेनले बताउनुभयो । 

उहाँका अनुसार बिहीबारबाटै एक दुईजनामा यस्तो समस्या देखिएको थियो । के कारणले बिरामी भएका हुन् भन्ने कुनै जानकारी नभएको उहाँले बताउनुभयो ।

दुर्गम ठाउँमा रहेको त्यस विद्यालय नजिक स्वास्थ्य संस्था नहुदा उपचारमा समस्या आएको छ । भएको एउटा स्वास्थ्य इकाईको कर्मचारी पनि परीक्षा दिन जिल्ला बाहिर गएका छन् ।

विद्यालयबाट सबैभन्दा नजिक मानिने वडा नम्बर ४ हुकाममा रहेको स्वास्थ्य संस्था पुग्न पनि दुई घण्टा समय लाग्छ । अहिले बिरामी उपचारको लागि हुकाम र मैकोटबाट स्वास्थ्यकर्मीको टोली मयाङतिर आइरहेको प्रधानाध्यापक सेनले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया