बम विस्फोटमा विप्लव समूहको संलग्नता छ: गृहमन्त्री

 फागुन १२, २०७५ आइतबार १५:५४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गृहमन्त्री रामबहादुर थापा बादलले लगानी सम्मेलनलाई लक्षित गर्दै विप्लव समूहले नख्खुमा बम विस्फोटन गराएको खुलेको बताउनुभएको छ ।  

एकजनाको ज्यान जाने गरी भएको बम विस्फोटमा विप्लव समूहको संलग्नता देखिएको उनीहरुका पछिल्ला बैठकका निर्णयहरुबाट खुलेको उहाँले बताउनुभएको हो । 

संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री थापाले शान्ति सुरक्षा सुदृढ पार्न सरकार लागि रहेको पनि बताउनुभयो । 

विप्लब समूह समानान्तर सरकार चलाउने योजना अनुसार अघि बढेको र पछिल्लो समय नख्खु लगायत विभिन्न स्थानमा भएका बम विष्फोटको घटनामा पनि उनीहरुकै संलग्नता भएको उहाँको भनाइ थियो ।  

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया