देशमा खाद्य अभाव छैन, खेर फाल्ने चलनले अभाव देखियाे: प्रम ओली

 फागुन १२, २०७५ आइतबार १६:४०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्रालयको कामप्रति असन्तुष्टि जनाउनु भएको छ । 

प्रधानमन्त्री ओलीले मुलुकको आवश्यकता अनुसार कृषि उत्पादन र भूमि व्यवस्थापनको काममा तीव्रता दिन पनि दुवै मन्त्रालयलाई निर्देशन दिनुभयो ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्रालयको ‘वर्तमान अवस्था र भावी सोच’बारे छलफल गर्दै उहाँले कृषि उत्पादन र भूमि व्यवस्थापनको काममा आवश्यक्ता अनुसार प्रगति नभएको भन्दै चिन्ता पनि व्यक्त गर्नु भयो ।

‘केही नभएको होइन् तर हाम्रो प्रगति आवश्यक्ता अनुरुप हुन सकेन । कृषि उत्पादन र भूमि व्यवस्थापनको प्रगति, उन्नति र विकास तीव्र गतिका साथ अघि बढाउनु पर्दछ ।’ प्रधानमन्त्री ओलीको भनाई थियो ।

प्रधानमन्त्री ओलीले कृषि उत्पादन वृद्धिका लागि कृषि क्षेत्रको आधुनिकीकरणमा जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । उहाँले आधुनिक प्रविधि भित्र्याएर कृषि उत्पादन वृद्धि गर्न सहकारीसँग सहकार्य गरेर अघि बढन पनि कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई सचेत गराउनु भयो ।

प्रधानमन्त्री ओलीले देशमा खाद्य अभाव नरहेको दावीसमेत गर्नु भयो । मुलुकमा खेर फाल्ने चलन भएकाले मात्रै खाद्य अभाव देखिएको प्रधानमन्त्री ओलीको बुझाई छ । प्रधानमन्त्री ओलीले खाद्य बस्तुलाई खेर जान नदिने गरी समुचित व्यवस्थापन गर्न पनि सम्बन्धित निकायलाई सचेत गराउनु भयो ।

बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनाल र भूमि व्यवस्था, सहकारी तथा गरिबि निवारणमन्त्री पदमाकुमारी अर्यालले आ–आफ्ना मन्त्रालयको वर्तमान अवस्था र भावी योजनाबारे प्रधानमन्त्री ओलीलाई बिफ्रिङ गर्नु भएको थियो ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया