प्रदेश लोकसेवा आयोग विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित

 फागुन १२, २०७५ आइतबार १७:२५:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५ राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ ।  

राष्ट्रियसभाको आइतबार बसेको बैठकले विधेयक सर्वसम्मत पारित गरेको हो । 

बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । 

यस्तै बैठकमा मन्त्री ढकालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐनलाई सशोधन गर्ने विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई पनि बैठकले अनुमोदन गरेको छ ।  

राष्ट्रियसभाको अर्को बैठक मंगलबार दिउँसो १ः०० बजे बस्ने छ ।  

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया