प्रदेश पाँचकाे राजधानी बुटवल नताेक्न बाँकेका बासिन्दाकाे सुझाव

 फागुन १२, २०७५ आइतबार १७:४९:३३ | गोविन्द शर्मा
unn.prixa.net

बाँके –  बाँकेबासीले प्रदेश नम्बर पाँचकाे राजधानी बुटवल स्वीकार्य नभएको भन्दै बुटवललाई प्रदेश राजधानी नबनाउन सुझाव दिएका छन् ।

५ नम्बर प्रदेशसभा विशेष समितिले आइतबार नेपालगञ्जमा आयोजना गरेको प्रदेश नामाकरण र स्थायी राजधानीसम्बन्धी सुझाव संकलन तथा अन्तरक्रियामा सहभागी बाँकेबासीले राजधानी प्रदेशका सबै बासिन्दालाई पायक पर्नेगरी राजधानी तोक्नुपर्ने माग राखेका हुन् ।

उनीहरुले बुटवल राजधानी बनाउँदा बाँके बर्दियाबासीहरुलाई धेरै नै असहज हुने बताएका थिए । अन्तरक्रियामा सहभागीहरुले भौतिक पूर्वाधारले सम्पन्न भएको नेपालगञ्जलाई नै प्रदेशको राजधानी तोक्नुपर्ने माग राखेका थिए ।

यदि त्यसो हुन नसके पायक पर्ने स्थानमा राजधानी तोक्नुपर्ने र त्यो पनि नभए विकल्पको रुपमा बाँके ,बर्दियालाई कर्णाली प्रदेशमा मिसाउनुपर्ने सुझाव दिएको प्रदेशसभा सदस्य आइपी खरेलले जानकारी दिनुभयो

अन्तिम अपडेट: चैत ८, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया