नागरिकका उत्पादनयोग्य जमिन एकीकरण गर्ने तयारीमा सरकार

 फागुन १२, २०७५ आइतबार १९:२४:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले ‘जनताको जमिन एकीकरण’ गर्ने योजना अघि सारेको छ । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले कृषि उत्पादन वृद्धि गर्न सरकारले उत्पादनयोग्य ‘जनताको जमिन एकीकरण’ गर्ने योजना अघि सारिएको जानकारी दिनुभएको हो ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रालयको भावी योजनाबारे ब्रिफिङ गर्दै उहाँले कृषि उत्पादन बढाउन सरकारले हैसियत बिग्रेका वनको जमिन र सरकारी–सार्वजनिक जमिनलाई पनि उपयोगमा ल्याउन सकिने स्पष्ट पार्नु भयो ।

मन्त्री अर्यालले कृषि उत्पादन बढाउन सरकारले उर्वर जमिन बाँझो राख्न नपाउने प्रावधानसहितको कानुनी व्यवस्था गर्न लागिएको पनि बताउनु भयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया