रुकुमकाे मुसिकोटमा बस दुर्घटना, ९ जना घाइते

 फागुन १२, २०७५ आइतबार १८:२१:२५ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५ सेरीगाउँमा बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

रुकुम पूर्वबाट काठमाडौं जाँदै गरेको ना ५ ख ५३८५ नम्बरको बस आइतबार दिउँसो दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । 

दुर्घटनामा परेर घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने अन्य ८ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार, दुर्घटनामा परेर रुकुम पूर्व सिस्ने गाउँपालिका–५ रुकुमकोटकी ५० वर्षीया इश्वरीकुमारी बोहरा, त्यसै ठाउँका ५८ वर्षीय रामबहादुर बुढाथोकी, ३९ वर्षीया गंगा विसी, रुकुम (पश्चिम) त्रिवेणी गाउँपालिका–९ पेउघाका ६० वर्षीय चन्द्रे सुनार, मुसिकोट नगरपालिका–४ का ६१ वर्षीय दुर्गबहादुर ओली, नगरपालिका–१२ पितिवाङकी ३० वर्षीया भावना ओली घाइते भएका छन् । 

यस्तै मुसिकोट नगरपालिका–१२ की ३० वर्षीया मेउमता पुन, बाँफिकोट गाउँपालिका–२ पिपलका महेन्द्र खत्री र दाङ तुल्सीपुर उपमहानगरपालिका–५ का ३४ वर्षीय घनश्याम नेपाली घाइते भएको डीएसपी खड्काले जानकारी दिनुभयो ।

घाइतेमध्ये इश्वरीकुमारीको अवस्था गम्भीर भएकोले थप उपचारको लागि नेपालगन्ज रिफर गरिएको छ  । बाँकी सबैको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको बताइएको छ । 

ब्रेक फेल भएका कारण दुर्घटना भएको हुनसक्ने र थप अनुसन्धान भइरहेको डिएसपी खड्काले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया