एनआईसी एसिया बैंक र उद्यमशील महिला महासंघबीच ‘उद्यमशील बचत खाता’ सम्बन्धी सम्झौता

 फागुन १२, २०७५ आइतबार २०:२७:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

एनआईसी एशिया बैंकले नेपाल उद्यमशील महिला महासंघसँग सहकार्य गरेर ‘उद्यमशील बचत खाता’ योजना ल्याएको छ ।

योजनासम्बन्धी सम्झौतापत्रमा आइतबार बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डेज्यू तथा महासंघको तर्फबाट महासंघकी अध्यक्ष देबिका बुढाथोकीले हस्ताक्षर गर्नुभयो ।

सम्झौतासँगै महासंघको वार्षिक योजनामा परेका कार्यक्रमहरूमा आवश्यकता अनुसार महासंघका प्रतिनिधिहरूले उपलब्ध गराएको कागजात, कारोबार, मापदण्डलगायतका आधारमा बैंकले कर्जा प्रवाहगर्न सक्ने अवस्था रहेमा व्यक्तिगत कर्जा २ लाख देखि १० लाखसम्म उद्यमशील व्यक्तिका लागि उपलब्ध गराइने जनाइएकाे छ।

यस सम्झौताले नेपाल सरकारले हालै कार्यान्वयनमा ल्याएको सहुलियतपूर्ण कर्जा योजनाका लागि पनि योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया