पार्किङ गर्ने क्रममा गाडीले ठक्कर दिँदा गफ गरेर बसिरहेका दुईजनाको मृत्यु

 फागुन १३, २०७५ सोमबार ८:५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ – धादिङको गल्छीमा गाडीको ठक्करबाट दुईजनाको ज्यान गएको छ । गल्छी गाउँपालिका – ५ ताल्चोकमा बा २० च ६२२१ नम्बरको बोलेरो जीपले ठक्कर दिँदा स्थानीय ४६ वर्षीय कान्छी तामाङ र गल्छी – ४ की ३५ वर्षीय जमुना भूजेलको ज्यान गएको हो ।

घटनामा गल्छी – ५ की ३६ वर्षीय धनकुमारी तामाङ घाइते भएको प्रहरीले जनाएको छ । उहाँको ललितपुरको पाटन अस्पतालमा उपचार भइरहेको छ । 

तीनजना गफ गरेर बसेका बेला पार्किङ गर्ने क्रममा जीपले ठक्कर दिएको धादिङ्गका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । ठक्कर दिने गाडीका चालक भागेको पनि उहाँले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया