महिनावारीमाथि भारतमा बनाइएकाे वृत्तचित्रले जित्यो ओस्कार अवार्ड

 फागुन १३, २०७५ सोमबार १५:४५:४६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – हलिउडको डल्बी थिएटरमा सन् २०१९ को ओस्कार पुरस्कार समारोहमा विभिन्न विधामा पुरस्कार वितरण गरिएको छ । यसैबीच महिनावारी हुँदाको पीडा झल्काइएको ‘पिरियड, इण्ड अफ् सेन्टेन्स’ चलचित्रले पनि पुरस्कार जित्न सफल भएको छ ।

यस चलचित्रमा सँच्चिकै प्याडम्यानले काम गर्ने युवकले अभिनय गरेका छन् । चलचित्रको निर्देशन रायका जेताबची र निर्माण गुनीत मोंगाको सिख्या इन्टरटेनमेन्टले गरेको हो ।

यस चलचित्रमा महिनावारीको विरुद्ध संघर्षरत महिलाहरुको लडाइँलाई देखाइएको छ  । साथै वास्तविक प्याडम्यान अरुणाचलम मुरुगनाथनले गरेको कामलाई पनि चलचित्रले समेटेको छ ।

२५ मिनेटको यो वृत्तचित्र दिल्ली नजिकैको हापुर जिल्लाको एक गाउँमा सुटिङ गरिएको थियो । फिल्ममा महिलाको स्वास्थ्यको लागि विभिन्न टिप्सका साथै सेनेटरी न्यापकिनको प्रयोग गर्नुपर्ने कुरालाई पनि देखाएको छ । 

‌‌‌ओस्कार २०१९ : ‘ग्रीन बुक’ बन्याे सर्वोत्कृष्ट चलचित्र, कसले के जिते ?

 

पिरियडको कुरा गर्दा कक्षा कोठाको पिरियड बुझ्ने गरेको भन्दै चलचित्रले गाउँमा महिनावारीसम्बन्धी अज्ञानताको हदलाई पनि छर्लङ्ग पारेको छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया