नाट्य विधाका लागि छुट्टै बजेटको व्यवस्था गर्ने प्रधानमन्त्री ओलीकाे घोषणा

 फागुन १३, २०७५ सोमबार १९:४०:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले नाट्य विधाका लागि छुट्टै बजेटको व्यवस्था गर्ने घोषणा गर्नु भएको छ । 

प्रधानमन्त्री ओलीले नाट्य विधाको उत्थानलाई योजनावद्ध ढंगले अघि बढाउन नाटकका लेखक तथा नाट्यकर्मीहरुलाई अझै उत्साहका साथ अघि बढन पनि आग्रह गर्नु भयो । सोमबार काठमाडौंमा ‘नेपाल अन्तराष्ट्रिय नाट्य महोत्सव–२०७५’को उद्घाटन गर्दै उहाँले नाट्य क्षेत्रको उत्थानका लागि सरकारले आवश्यक सबै खालको प्रबन्ध गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । आगामी आर्थिक वर्ष नाट्य विधाका लागि छुट्टै बजेटको व्यवस्था गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले नेपालमा नाटकको भविष्य राम्रो रहेको उल्लेख गर्दै त्यसको उत्थानमा भने जनस्तरबाटै प्रयास हुनुपर्ने जरुरी रहेको पनि बताउनु भयो । उहाँले नाटकलाई अभिव्यक्ति र अभिनयको सशक्त माध्यमको रुपमा चित्रण गर्दै त्यसले नेपालको कला, भाषा र संस्कृतिको उत्थानमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको पनि स्मरण गराउनु भयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले संस्कृतिविद् सत्यमोहन जोशीलगायत नेपालको नाट्य विधामा योगदान पुर्‍याएकाहरुलाई पनि सम्मान गर्नु भएको थियो ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया