महिला टी–२० विश्वकप छनोट : टस हारेर ब्याटिङ गर्दै नेपाल

 फागुन १५, २०७५ बुधबार ८:४३:६ | उज्यालो सहकर्मी
unn.prixa.net

महिला विश्वकपका लागि एशियाली छनोटको आफ्नो अन्तिम खेलमा नेपालले अहिले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । थाइल्याण्डको बैंककस्थित एशियन इन्टिच्युड टेक्नोलोजी मैदानमा टस हारेर नेपालले ब्याटिङ गर्दैछ ।

कुवेत प्रतियोगिताकै सबैभन्दा कमजोर टोली हो । उसले यसअघिका पाँचै खेलमा पराजय ब्यहोरेको छ । नेपालले यसअघिका ४ खेलमा जित निकालेको थियो भने थाइल्याण्डसँग पराजित भएको थियो ।

आजै दिउँसो हुने खेलमा थाइल्याण्ड र यूएईबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिताको शीर्ष टोलीले विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने भएकाले नेपालको सम्भावना निकै कमजोर छ । 

सात टोली सम्मिलित प्रतियोगिता राउण्ड रोविन लिग प्रणालीमा खेलाइएको छ । प्रतियोगिताको शीर्ष टोलीले सन् २०२० मा हुने टी–ट्वान्टी विश्वकप र सन् २०२१ मा हुने एकदिवशीय महिला विश्वकपका लागि ग्लोबल क्वालिफायर खेल्नेछ । 

नेपालले मलेसिया, हङकङ, युएई र चीनलाई पराजित गरे पनि थाइल्याण्डसँग ५४ रनले पराजित भएको थियो ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया