पाकिस्तानी सेनाको दाबी : दुइटा भारतीय लडाकु विमान खसाल्यौँ, एक पाइलट गिरफ्तार

 फागुन १५, २०७५ बुधबार १२:४३:४ | एजेन्सी
unn.prixa.net

जम्मू-कश्मीरमा दुर्घटनाग्रस्त भएकाे विमान

पाकिस्तानी सेनाले भारतीय वायु सेनाका दुई वटा लडाकु विमान खसालेको दाबी गरेकाे छ । 

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्वीट गर्दै पाकिस्तानी वायु सेनाले पाकिस्तानी आकाशमा घुसेका दुई वटा भारतीय लडाकू विमानलाई खसालेको बताएका छन् । 

पाकिस्तानी सेनाका प्रवक्ता आसिफ गफूरले भनेका छन्, ‘आज बिहानै पाकिस्तानी वायु सेनाका आक्रमणको जवाफमा भारतीय वायु सेनाल् भारत–पाकिस्तान नियन्त्रण रेखा(एलओसी) पार गरेका थिए । पाकिस्तानी वायु सेनाले पाकिस्तानी एयरस्पेसभित्र प्रवेश गरेका दुई भारतीय विमान खसालेको छ । एउटा विमान स्वतन्त्र जम्मू–कश्मीरमा खसेको छ । अर्को भारत प्रशासित कश्मीरमा खसेको छ । एक जना भारतीय पाइलटलाई गिरफ्तार गरिएको छ ।’

पाकिस्तानी सेनाको यो दाबीलाई स्वतन्त्र स्रोतले पनि अहिलेसम्म पुष्टि गरेको छैन । 

भारतीय वायुसेनाको लडाकु विमान जम्मू–कश्मीरमा दुर्घटना, दुईजना पाइलटको मृत्यु

भारतले केही समयअघि आफ्नो एउटा विमान जम्मू–कश्मीरमा दुर्घटनाग्रस्त भएको बताएको थियो । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया