ट्रम्प-किम शिखर वार्ता पाँचतारे हाेटलकाे डिनरबाट सुरु हुने

 फागुन १५, २०७५ बुधबार १४:०:४६ | एजेन्सी
unn.prixa.net

किम जोङ उन र डोनाल्ड ट्रम्पबीच भियतनामको राजधानी हनोईमा दुई दिनसम्म चल्ने यस बैठकमा कोरियाली प्रायद्विपबाट आणविक हतियार हटाउनेबारे छलफल हुने अनुमान गरिएको छ ।

बैठकपूर्व किम र ट्रम्पले भियतनामका प्रधानमन्त्री तथा अन्य मन्त्रीहरुसँग भेटघाट गर्ने बताइएको छ । त्यसपछि हनोईको पाँचतारे मेट्रोपोल होटलमा किम र ट्रम्पकाे लागि डिनरकाे समय तोकिएको छ ।

ट्रम्पले भियतनामको बारेमा प्रशंसा गर्दै ट्वीट गरेका छन्, ‘सम्पन्न राष्टमध्ये विश्वमा भियतनाम पनि एक हो । र जतिसक्दो चाँडो उत्तर कोरिया आणविक हतियारमुक्त हुनेछ त्यति नै चाँडो यो पनि सम्पन्न हुनेछ ।’

त्यहाँको स्थानीय समयअनुसार साँझ ६ बजेर ४० मिनेटमा ट्रम्प र किमको २० मिनेट अवधिको पहिलो भेट हुने छ । ह्वाइटहाउसका अनुसार त्यसपछि उनीहरुले आफ्ना सहयोगीहरुसँग डिनर गर्नेछन् ।

दुईटै राष्ट्रप्रमुखले श्रेणीवद्ध बैठकमा उपस्थिति जनाउने छन् । तर उनीहरुले उठाउने एजेण्डा कुन विषयमा हुने भन्ने बारेमा सार्वजिनक गरिएकाे छैन । तर उनीहरुले उठाएका प्रमुख विषय र सम्झौतामा भएका हस्ताक्षर बारेमा बिहीबार पत्रकार सम्मेलन हुने बताइएको छ ।

उत्तर कोरियाली मिडियाले किमले ४ हजार किलोमिटर रेलको यात्रा गरेको भन्दै प्रशंसा गरेका छन् । स्टेट पत्रिका रोडोङ सिनमुनले आफ्नो ६ पृष्ठमध्ये ४ पृष्ठमा किमकै गुणगान गाएको छ ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया