भारत पाकिस्तान द्वन्द्व: काठमाण्डौबाट गल्फ र युरोप जाने विमानको रुट बदलियो

 फागुन १५, २०७५ बुधबार १३:५४:२३ | अर्जुन पोख्रेल

काठमाण्डाै - भारत र पाकिस्तानबीच भैरहेको तनावको प्रभाव नेपालको हवाइ उडड्यन क्षेत्रमा पनि परेको छ । जम्मू कश्मीरमा भारत र पाकिस्तानबीच भएको तनावपछि नेपालबाट गल्फ र युरोप जाने सबै जहाजले पाकिस्तानको एअर स्पेस प्रयोग नगर्ने गरी उडान तालिका मिलाएका छन् । 

पहिले पाकिस्तानको हवाइ क्षेत्र हुँदै उडान भर्ने कतार, फ्लाइ दुबई, टर्किस एअरलाइन्स लगायतका विमानले पाकिस्तानको हवाइ क्षेत्र अर्थात एअर स्पेस प्रयोग गर्दै आएकोमा आजदेखि त्यो प्रयोग गरेका छैनन्  । जस्को कारण केही उडानमा ढिलाइ भएको विमानस्थल स्रोतले जनाएको छ । 

अब नेपालबाट खाडी देश र युरोप जाने सबै विमान अहमदाबाद पुग्नेछ र त्यहाँबाट एल ३०१ रुट प्रयोग गरेर गन्तव्यमा जाने विमानस्थल स्रोतले उज्यालो अनलाइनलाई जानकारी दिएको छ । 

बढ्दाे तनावका बीच हवाइ सुरक्षाका हिसाबले भारत तथा पाकिस्तानका कैयाैं विमानस्थलहरु बन्द गरिएका छन् ।

अन्तिम अपडेट: चैत ७, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया