दाङमा पिकअप भ्यान दुर्घटना : दुई जनाकाे ज्यान गयाे, ५ घाइते

 फागुन १५, २०७५ बुधबार २०:५४:५१ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङमा पिकअप भ्यान दुुर्घटना हुुँदा २ जनाको ज्यान गएको छ ।  ५ जना  घाइते भएका छन् ।

दुुर्घटनामा परि तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटका चालक तथा सवारी धनी ३५ वर्षीय लालबहादुर वली र त्यही ठाँउका ५५ वर्षीय अम्मरबहादुर वलीको ज्यान गएको हो ।

दुर्घटनामा परि तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटका ४४ वर्षीय कर्णबहादुर खड्का, १६ वर्षीया लीला खड्का, घोराही उपमहानगरपालिका–१५ निवासी २२ सपनासिंह ठकुुरी र उहाँकी २ बालबालिका घाइते भएको इलाका प्रहरी कार्यालय तुुलसीपुरले जनाएको छ । घाइतेहरुको तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । 

दुधरासबाट छिल्लीकोटका लागि जाँदै गरेको लु १ ज ५९१२ नम्बरको पिकअप भ्उान बेलुका ६ बजे तुलसीपुर–१९ छिल्लीकोटमा दुुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

भ्यान दुर्घटनास्थलबाट एक सय मिटर तल खसेको प्रहरीको भनाइ छ । दुर्घटनामा ३ जनाले हाम फालेर सकुशल बाँच्न सफल भएका छन् ।।

अन्तिम अपडेट: फागुन ३०, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया