किमसँगकाे वार्ता टुंगाेमा नपुग्दै अमेरिका फर्किए ट्रम्प

 फागुन १६, २०७५ बिहिबार १४:५८:२० | एजेन्सी
unn.prixa.net

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच उत्तर कोरिया भएकाे वार्ता कुनै सहमतिविना टु‌गिएकाे छ । 
   
ट्रम्पका अनुसार उत्तर कोरियाली प्रतिबन्ध हटाउने विषयका कारण सहमति जुट्न नसकेको हो । उनले निशष्त्रीकरणका क्षेत्रमा अमेरिकाले सहमति गर्नु पर्ने खालको प्रगति हुन नसकेको अभिव्यक्ति दिएका छन् ।

ट्रम्प र उन दुवैले अघिल्लो वर्ष सिंगापुरमा भएको ऐतिहासिक वार्ताको फलो अप गरिरहेका थिए जसमा अष्पष्ट तर आशावादी सहमति भएको थियो । दुवैबीचको छलफलको मुख्य विषय उत्तर कोरियाले आणविक हतियार त्याग्छ या त्याग्दैन भन्ने हो । किमले भने जारी वार्ताका बारेमा केही बोलेका छैनन् । 

के उत्तर कोरियामाथि अझ बढी प्रतिबन्ध लगाइन्छ? भन्ने सञ्चारकर्मीको प्रश्नमा ट्रम्पले उत्तर कोरियाका मान्छेले पनि बाँच्नुपर्छ र प्रतिबन्ध थप्ने विषयमा केही बोल्न नचाहेको साथै उत्तर कोरियाले सबै प्रतिबन्ध हटाउने माग गरेकोमा आफूहरु त्यसो गर्न असमर्थ रहेको  बताए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियामा आणविक क्षेत्रको परीक्षण हुने पनि बताए । उत्तर कोरियामा आणविक हतियारको अन्तरराष्टि्य तवरबाट परीक्षण गरिन्छ ? भन्ने प्रश्नमा ट्रम्पले आफूहरुले सजिलै त्यसो गर्न सक्ने र आफूहरुलाई केही क्षेत्रहरु थाहा भएको तथा तिनीहरुको परीक्षणमा सफल हुने पनि बताए । तर उनले यो परीक्षण कहिले हुने भन्ने कुरा खुलाएनन् ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया