आफ्नो कब्जामा रहेका भारतीय वायु सेनाका पाइलटलाई पाकिस्तानले भोलि रिहा गर्ने

 फागुन १६, २०७५ बिहिबार १७:३७:४४ | एजेन्सी
unn.prixa.net

आफ्नो कब्जामा रहेका भारतीय वायु सेनाका विङ्ग कमाण्डर अभिनन्दन वर्तमानलाई पाकिस्तानले शुक्रबार रिहा गर्ने बताएको छ ।

बिहीबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले एक ‘ट्रु स्टेटम्यान’ को भूमिका निर्वाह गर्दै क्षेत्रीय शान्ति कायम गर्नका लागि भारतीय वायु सेनाका पाइलटलाई शुक्रबार रिहा गर्ने घोषणा गरेका हुन् । 

यसको आधिकारिक जानकारी पाकिस्तानी सत्तारुढ दल तेहरिक–ए–इन्साफले ट्विटरमार्फत जानकारी दिएको छ ।

को हुन् अभिनन्दन ?

अभिनन्दन भारतीय वायु सेनाका विङ्ग कमाण्डर हुन् । बुधबार उनी लडाकु विमान मिग–२१ लिएर पाकिस्तानी सीमामा छिरेका थिए । उनले उडाएको विमानलाई पाकिस्तानी वायु सेनाले खसालेर उनलाई कब्जामा लिएको थियो । 

पाकिस्तानी सेनाले अभिनन्दन आफूहरुसँगै भएको ठिक अवस्थामा रहेको बताएको छ । एउटा भिडियोमा अभिनन्दनले भनेका छन्, ‘मेरो नाम अभिनन्दन हो । म विङ्ग कमाण्डर हूँ । मेरो सभिर्स नम्बर २७९८१ हो । म एक फ्लाइङ पाइलट हूँ ।’

त्यस्तै अर्को एउटा भिडियोमा अभिनन्दनले चिया पिइरहेका देखिन्छन् । उनीसँग कसैले प्रश्न गरिरहेका हुन्छन्  भने उनले सरासर त्यसको जवाफ दिइरहेका हुन्छन् । त्यस भिडियोमा अभिनन्दनले आफूलाई पाकिस्तानी सेनाले राम्रो व्यवहार गरेको बताउँदै भारत फर्केर पनि त्यही भन्ने बताएका छन् । 

अभिनन्दनका बुवा पनि भारतीय वायु सेनामा थिए । उनका भाइ पनि वायु सेनामा नै रहेको बीबीसीले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया