अफगानिस्तानले आयरल्याण्डलाई ५ विकेटले हरायाे

 फागुन १६, २०७५ बिहिबार २०:४७:१ | एजेन्सी
unn.prixa.net

आयरल्याण्डविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा अफगानिस्तान ५ विकेटले विजयी भएको छ ।

टी–२० सिरिज ३–० ले क्लिन स्विप गरेको अफगानिस्तानले तीन वटा एक दिवसीय सिरिजमा  १–० को अग्रता लिएको छ ।  

आयरल्याण्डले दिएको १६२ रनको लक्ष्य अफगानिस्तानले ४१.५ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । उसको जितमा गुलाबदिन नाइबले ४६ तथा मोहमद शहजादले ४३ रनको योगदान गरेका थिए । हजरतुल्लाह जइज २५ तथा रहमत साह २२ रनमा आउट भएका थिए । बाेयड र्‍याङ्किनले आयरल्याण्डका लागि २ विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ गरेको आयरल्याण्डले ४९.२ ओभरमा १६१ रन बनाउँदै अलआउट भएको थियो ।

आयरल्याण्डका लागि  पल स्टर्लिङले ८९ तथा जर्ज डकरेलले ३७ रन बनाउँदा अरुले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । अफगानिस्तानका लागि दाैलत जद्रान र मुजीब उर रहमानले तीन-तीन विकेट लिएका थिए ।
 


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया