ऊर्जा मन्त्री वर्षमान पुन अस्पताल भर्ना

 फागुन १६, २०७५ बिहिबार २१:९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ –  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार साँझ नर्भिक अस्पताल भर्ना गरिएको छ । 

बिहीबार दिउँसो मन्त्री पुनको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उपचारका लागि नर्भिक अस्पताल लगिएको उहाँका प्रेस संयोजक रोशन खड्काले जानकारी दिनुभयो । 

हस्पिटलका डाक्टर यादव भट्टसहितको चिकित्सकको टोलीले मन्त्री पुनको उपचार गरिरहेको छ । उपचारमा संलग्न डाक्टरहरुले मन्त्री पुनको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको प्रेस संयोजक खड्काले बताउनुभयो । 

केही बेरअघि उपचाररत मन्त्री पुनको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली नर्भिक अस्पताल पुग्नु भएको थियो ।

बेलुकी साढे ६ बजेतिर नर्भिक हस्पिटल पुगी सभामुख कृष्णबहादुर महराले पनि मन्त्री पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको थियो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया