आईसीसी टी–२० वरियतामा नेपालका तीन खेलाडी, को– कति नम्बरमा ?

 फागुन १७, २०७५ शुक्रबार ११:३:५७ | रासस
unn.prixa.net

काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको टि–२० नयाँ वरियतामा नेपालका तीन खेलाडी अटाएका छन् । आईसीसीले बिहीबार राति सार्वजनिक गरेको नयाँ वरियतामा कप्तान पारस खड्का, सोमपाल कामी र वसन्त रेग्मीले स्थान बनाएका छन् । 

वरियताको अलराउण्डरतर्फ कप्तान पारस ३८औँ स्थानमा उक्लिएका छन् । ७६ अङ्क पाएका कप्तान पारसको यो करिअरकै ठूलो वरियता हो । अघिल्लो महिना पारस ४०औँ स्थानमा रहेका थिए । उनी ब्याटिङतर्फ पनि दुई स्थान सुधार गर्दै ३८ औँ स्थानमा उक्लिएका छन् । अघिल्लो महिना पारस ९०औँ स्थानमा थिए । 

यूएईमा सम्पन्न टी–२० अन्तर्राष्ट्रिय शृङ्खला जितेपछि नेपाली खेलाडीले वरियतामा सुधार गरेका हुन् । 

अलराउण्डरतर्फ ६० अङ्क पाएका सोमपाल ५० औँ स्थानमा रहेका छन् । यसअघि सोमपाल ५१औँ स्थानमा थिए । त्यस्तै समान ४०९ अङ्क प्राप्त गर्दै बलिङमा सोमपाल ७० र वसन्त ७१औँ स्थानमा छन् ।
 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया