पाइलट अभिनन्दनलाई रिहाइ गर्नु अगाडि भारत-पाकिस्तान बाेर्डरमा यस्ताे छ दृश्य

 फागुन १७, २०७५ शुक्रबार १५:५:८ | एजेन्सी
unn.prixa.net

पाकिस्तानी सेनाको कब्जामा रहेका भारतीय पाइलट विंग कमाण्डार अभिनन्दन वर्तमानलाई शुक्रबार पाकिस्तानले भारतलाई सुम्पिँदै छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बिहीबार पाकिस्तानी स‌ंसदकाे संयुक्त सभालाई सम्बोधन गर्दै पक्रेका पाइलट भारतलाई फिर्ता दिने बताएका थिए । 

उनले दुइटै देशको सम्बन्धलाई सुमधुर बनाइराख्न शान्तिको मार्गमा बढाइएको कदम अनुसार अभिनन्दनलाई रिहा गर्न लागेको जनाएका थिए । 

दुईटैतर्फको अवस्था यस्ताे छ, वाघा सीमामा क्याप्टेन अभिनन्दनको स्वागतको लागि उपस्थित भारतीय

 

 

वाघा सीमाको अर्कोपट्टी अटारीको दृश्य

पाकिस्तानको सूचना मन्त्रालयले आफ्नो अफिसियल ट्विटरमा जम्मू-कश्मीरका पूर्व मुख्यमन्त्री महबुबा मुफ्तीको एक भिडियो पोस्ट गरेका छन्, जसमा उनले पाकिस्तानको यस निर्णयको खुलेर प्रशंसा गरेका छन् । 

सूचना मन्त्रालयले जम्मू कश्मीरका पृथकतावादी नेता मीरवाइज उमर फारुखको ट्वीट पनि पोस्ट गरेका छन्, जसमा उनी भनिरहेका छन्, ‘आशा छ, सम्भावित युद्धको कालो बादल फाट्नेछ र शान्तिपूर्ण ढंगबाट कश्मीर समस्या समाधानको बाटो पहिलिने छ ।’

पाकिस्तानमा छन् मसूद अजहर

पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीले सीएनएनलाई दिएको एक भिडियोमा भनेका छन्, ‘हाम्रो एजेण्डा भनेको जनतालाई केन्द्रमा रोख्नु हो, र हामी देशलाई अगाडि बढाउन चाहन्छौँ । हामीलाई देशमा शान्ति र स्थायित्व चाहिएको छ ।’

 

उनले भनेका छन्, ‘मलाई थाहा भएअनुसार जैश-ए-मोहम्मदका प्रमुख मसूद अजहर अहिले पाकिस्तानमा छन् । उनी धेरै बिरामी भएका कारण घरभन्दा बाहिर निस्किन सक्ने अवस्थामा छैनन् ।’

वाघा पुग्नेछन् अमरिन्दर

पञ्जाबका मुख्यमन्त्री अमरिन्दर सिंह ले ट्वीट गर्दै विंग कमाण्डर अभिनन्दनलाई लिनका लागि वाघा पुग्ने बताएका छन् । उनले लेखेका छन्, ‘मोदीजी, म अहिले पञ्जाबको सीमावर्ती क्षेत्रमा अवलोकन गरिरहेको छु ।

'पाकिस्तानले अभिनन्दनलाई वाघा सीमामा ल्याएर भारतलाई सुम्पिदै छ भन्ने कुरा मलाई पाकिस्तानी सरकारबाट थाहा भयो । अभिनन्दन, उनका बुवा र मैले एनडीएमा पढाइ गरेका थियौँ । यही सम्बन्धका कारण पनि म वाघा आउँदै छु ।’

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया