साप्ताहिक शेयर समीक्षा: हेलिकप्टर दुर्घटनाका कारण कारोबार रकम घट्याे

 फागुन १७, २०७५ शुक्रबार १८:४९:२१ | ज्याेति दाहाल
unn.prixa.net

काठमाण्डाै - शेयरबजारको तालुकी अड्डा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीले संसद्को अर्थ समितिमा दलाललाई ‘असक्षम र अपारदर्शी’ भनेर आरोप लगाएपछि दलालले त्यसको विरुद्ध गरेको प्रतिवाद निकै चर्चित रह्यो । 

धितोपत्र दलालको संगठनले बोर्ड अध्यक्ष कार्कीलाई १४ बुँदे ज्ञापनपत्र दिएर त्यसको उचित उत्तर मागेका थिए । त्यसपछि तत्काल बोर्डले दलाल संगठनलाई वार्ताका लागि बोलाएको थियो । 

वार्ताको निर्णय सार्वजनिक नगरी बोर्डले विज्ञप्ति निकालेर विषयलाई अन्यत्र मोडेको आरोप दलाल संगठनले लगाएका छन् । त्यसपछि पनि बोर्डले विज्ञप्तिकै सहारा मात्र लिइरहेको छ । दलाल बोर्ड अध्यक्षविरुद्ध टसमस नहुने संकेत देखिएको छ । 

यसै हप्ता धितोपत्र बोर्डले शेयर कारोबारमा स्थायी लेखा नम्बर - प्यान लगाउने सम्बन्धमा कर प्रशासन र लगानीकर्ताबीच छलफल गरेको थियो । 

तर बोर्डले यस्तो छलफल गर्नुअघि नै नेपाल स्टक एक्सचेन्जलाई प्यान लगाउने सम्बन्धमा आवश्यक कार्य गर्नु भनेर निर्देशन जारी गरिसकेको थियो । नेप्सेले लगानीकर्तासँग पनि प्रारम्भिक छलफल चलाएको थियो । 

प्यान किन लगाउने भन्ने मूल प्रश्नमा प्रवेश नै नगरी लगाउने मात्र भन्दा यसको बारेमा तीव्र आक्रोश आएको थियो । शेयर बिक्रीको पाटोमा भन्दा किन्नेलाई मात्र प्यान लगाउने भनेपछि यसमा झन् अनौठो मानिएको छ । 

यसै विषयमा बोर्डले गरेको छलफलमा बोर्ड अध्यक्ष कार्की आफूले समेत प्यान नबुझेको बताएका थिए । आफैले नबुझेको विषयमा किन लगाउनुपर्छ भनेर निर्देशन दिए रु आमलगानीकर्ताले उठाएको प्रश्नको समुचित उत्तर दिन कार्की असमर्थ भएका छन् । 

शेयरबजारको तालुकी अड्डाका हाकिमले यस्ता कुरा गर्नुले शेयरबजारको तालुकी अड्डाको उच्चपदस्थको ज्ञानको स्तरलाई जिस्क्याएको मान्ने कि नमान्ने अर्को प्रश्न पनि जागेको छ । कार्कीले पहिलेदेखि नै बैंकलाइ दलाल अनुमति दिनुपर्छ, दिन्छु भन्दै हिँडेका थिए । 

संसदको अर्थ समितिमा भएको पूँजीबजारसम्बन्धी छलफल कार्यक्रममा उनले पूँजीबजारका अध्येयतालाई समेत केही ‘नबुझेको र नजानेको’ भन्दै लान्छना लगाउन भ्याएका थिए । आफूले नबोलेको भनेर अभिव्यक्ति दिएका कार्कीले बोलेको स्वरांकित अभिलेख सार्वजनिक समेत भएको छ । 

नेपाल टेलिकमको थप २६ प्रतिशत शेयर बिक्री गर्ने सञ्चार मन्त्रीको अभिव्यक्ति पछि यसको मूल्यमा गिरावट आउने क्रम जारी छ । गत हप्ता ६ सय ८९ मा बजार बन्द भएको थियो यो हप्ता रु। ५ घटेर ६ सय ८४ मा कारोबार भएको छ । यसले पनि समग्र परिसूचकलाइ घटनमा मददत पुर्याएको छ । 


सूचक र बजार पूँजीकरण

यस हप्ता कारोबार रकम घट्नुमा बजार ४ दिन खुल्नु पनि एक कारण हो । नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुघटनामा मृत्यु भएपछि सरकारले एकदिन सार्वजनिक बिदा घोषणा गरेको थियो । 

यस हप्ता सर्वाधिक बजार पूँजीकरण भएका कम्पनीमा कुनै परिवर्तन आएको छैन । अंकमा मात्र तलमाथि हुने गरेको छ ।  

सर्वाधिक बजार पूँजीकरण भएका ५ कम्पनी

सूचीकरण 

यस हप्ता एभरेष्ट इन्सुरेन्सले जारी गरेको हकप्रद संस्थापक शेयर सूचीकरण भएको छ ।


नयाँ शेयर/हकप्रद

शेयरबजारमा नयाँ शेयर, हकप्रद जारी हुने क्रम चलिरहेको छ । आगामी हप्ता एकैसाथ दुइ कम्पनीको प्राथमिक शेयर जारी हुने भएको छ । शेयरसँगै ऋणपत्र पनि जारी हुने क्रम बढेको छ । एसियन लाइफ इन्सुरेन्सले हकप्रद जारी गर्ने प्रयोजनको लागि आगामी फाल्गुन २२ गते एकदिन बुक क्लोज मिति तय गरेको छ ।

 

ग्रीन लाइफको प्राथमिक शेयरमा दोलखा जिल्ला साविक गौरीशंकर, खारे, मार्बु, चंखु, सुरी, झ्यांकु, जुंगु र लादुकका स्थानीय बासिन्दाले आवेदन गर्न पाउनेछन ।

लिलामी शेयर

विभिन्न कारणले लिलामीमा आउने शेयर पनि सर्वसाधारणले आवेदन गर्न सक्छन । लिलामी सम्बन्धि सुचनामा त्यसका प्रक्रिया उल्लेख गरिएको हुन्छ ।लिलामीमा उपलब्ध शेयरहरुको विवरण तालिकामा पेश गरिएको छ ।

लाभांश घोषणा

नेप्सेमा सूचिकृत लाभांश घोषणा गर्ने क्रम चलीरहेको छ । तर बीमा कम्पनीले भने आर्थिक वर्ष २०७४र७५ को लाभांश घोषणा गरेका छैनन् । घोषित लाभांश तालिकामा पेश गरिएको छ ।

वाणिज्य बैंक समूह

विकास बैंक समूह

लघुवित्त समूह


जलविद्युत, होटेल र बीमा  
 

साधारणसभा र बुक क्लोज

कम्पनीहरुले साधारणसभा र बुक क्लोजको मिति घोषणा गर्ने क्रम चलिरहेको छ । साधारणसभा र बुक क्लोज मिति तालिकामा उल्लेख गरिएको छ ।

अन्य गतिविधि

साल्ट ट्रेडिङ कर्पोरेसनमा योगेन्द्र गौचनले नेशनल ट्रेडिङको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्नेछन् । 

नेपाल इन्सुरेन्समा संस्थापक नेपाल बैंक तर्फबाट लक्ष्मण पौडेल र सर्वसाधारणतर्फबाट विष्णुबहादुर जिसी संचालक चयन भएका छन् । 

धितोपत्र बोर्डले हिमालय उर्जा विकास कम्पनी, यूनियन हाइड्रोपावर, माउन्टेन हाइड्रो र स्पर्श लघुवित्तलाई साधारण शेयर जारी गर्न अनुमति दिएको छ । 

यीमध्ये माउन्टेन हाइड्रो र स्पर्श लघुवित्तले जारी मिति तय गरिसकेका छन् । एग्रो र इन्फिनिटी लघुवित्तले साधारण शेयर जारी गर्न अनुमति मागेका छन । 

एसियन लाइफ इन्सुरेन्सलाइ हकप्रद शेयर बिक्रि गर्न अनुमति दिएको छ । जनउत्थान लघुवित्त,ङादी ग्रुप पावर र ग्रामिण विकास लघुवित्तले हकप्रदको लागि अनुमति मागेका छन् । 

एनएमबी बैंकले १० प्रतिशत ऋणपत्र जारी गर्ने अनुमति पाएको छ ्र ऋणपत्रको रकम ३ अर्बको रहेको छ । 

मेगा बैंक, साना किसान लघुवित्त, सोल्टी होटेल, सप्तकोशी डेभलपमेन्ट बैंक,सेन्ट्रल फाइनान्सले बोनस शेयर दर्ता गरेका छन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

ज्याेति दाहाल

अधिवक्ता दाहाल शेयर बजार मामिलामा दख्खल राख्नुहुन्छ । 

तपाईको प्रतिक्रिया