नेकपाका नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था नाजुक

 फागुन १८, २०७५ शनिबार २०:९:१० | उज्यालो सहकर्मी

काठमाण्डाै - नेकपाका नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै चिन्ताजनक रहेको डाक्टरहरुले बताएका छन् ।

३ हप्तादेखि ह्याम्स अस्पतालमा उपचार गराइरहेका ८४ वर्षीय नेता अधिकारीलाइ चिकित्सा विज्ञानका सबै विधि प्रयोग गर्दा पनि बचाउन मुश्किल देखिएको अस्पतालका डाक्टर हेमराज पनेरुले जानकारी दिनुभयो ।

अधिकारीको मुटु र फोक्सो सहित शरिरका सबै महत्वपुर्ण अंगले काम गर्न छाडेका छन् । उहाँले २५ घन्टादेखि पिसाव पनि नगरेको र कृतिम श्वास दिएर भेन्टिलेरमा राखिएको अस्पतालले जनाएको छ । अधिकारीलाई अब सहजताको लागि मात्रै उपचार गरिने डाक्टरले बताएका छन् ।

नेकपाका कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले अधिकारीको आशा मरिसकेकाले अब अन्य तयारीमा लागिएको जानकारी दिनुभयो । चिकित्सा विज्ञानको हिसाबले अधिकारी हिजो बेलुकादेखि नै अन्तिम अवस्थामा रहेको तर पारिवारिक कारणले घोषणा नगरिएको पनि नेता श्रेष्ठले बताउनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया