इंग्लिस प्रिमियर लिग: आर्सनल टोटनह्याम हट्स्परसँग बराबरीमा राेकियाे

 फागुन १८, २०७५ शनिबार २०:२०:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटबलमा चौथो स्थानमा रहेको आर्सनलले अंक दूरी घटाउने अवसर गुमाएको छ ।

शनिबार भएको खेलमा तेस्रो स्थानमा रहेको टोटनह्याम हट्स्परसँग एक एक गोलको बराबरी खेलेपछि दूरी घटाउने अवसर गुमाएको हो । आर्सनलले तालिकामा ५७ अंक पुर्याएको छ भने तेस्रो स्थानमा रहेको टोटनह्यामको ६१ अंक रहेको छ ।

लन्डन डर्बीमा १६ औं मिनेटमा आर्सनलले अग्रता लिएको थियो । टोटनह्यामका डेभिनसन सान्सेजले किलियर गर्न नसकेको बलमा एरोन राम्सेले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।

२३ औं मिनेटमा टोटनह्यामका ह्यारि केनले गोल गरेपनि रेफ्रीले अफसाईड दिएका थिए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको आर्सनलले दोस्रो हाफमा बराबरी गोल खाएको थियो । टोटनह्यामका लागि हेरि केनले पेनाल्टी मार्फत बराबरी गोल गरेका थिए ।

क्रिष्टिन एरिक्सले केनलाई फल गरेपछि पाएको पेनाल्टीमा उनैले बराबरी गोल गरेका थिए ।९० मिनेटमा आर्सनलले पाएको पेनाल्टी टोटनह्यामका किपर ह्यूगो लोरिसले बचाएका थिए ।  शीर्ष स्थानमा रहेको लिभरपुलको ६९ तथा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ६८ अंक रहेको छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया