हुआवेकी प्रमुख मेङ वानझोउलाई अमेरिका सुपुर्दगी गर्ने प्रक्रिया क्यानाडाद्वारा स्वीकृत

 फागुन १८, २०७५ शनिबार २०:३६:५४ | एजेन्सी
unn.prixa.net

गएको डिसेम्बरमा पक्राउ परेकी चिनियाँ कम्पनी हुआवेकी प्रमुख मेङ वानझोउलाई अमेरिका सुपुर्दगी गर्ने प्रक्रिया क्यानाडाले स्वीकृत गरेको छ ।

हुआवे कम्पनीका संस्थापककी छोरीसमेत रहेकी वानझोउलाई अमेरिका सुपुर्दगी गर्ने प्रक्रिया स्वीकृत गरिएको र अब उनको सुपुर्दगीका विषयमा अदालतमा सुनुवाई हुने क्यानाडाका अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

उनलाई गएकाे डिसेम्बरमा भ्यान्कुभरबाट पक्राउ गरिएको थियो । अमेरिकाले इरानमाथि लगाएको नाकाबन्दीको उल्लंघन गर्ने षड्यन्त्र गरेको अभियोगमा अमेरिकामा मेङविरुद्धको मुद्धा विचाराधीन छ । मेङलाई अमेरिका सुपुर्दगी गर्ने क्यानाडाको कदमको चीनले भने निन्दा गरेको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया