म्यानचेस्टर सिटी पुनः शीर्ष स्थानमा फर्कियो

 फागुन १९, २०७५ आइतबार ६:५९:२ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा एएफसी बर्नमाउथमाथि जित निकाल्दै म्यानचेस्टर सिटी पुनः शीर्ष स्थानमा फर्किएको छ । 

बर्नमाउण्डको मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउनका लागि रियाद मेहरेजले गरेको गोल निर्णायक बनेकोे थियो । पहिलो हाफ गोलरहित बनेको खेलको ५५औं मिनेटमा मेहरेजले डेविड सिल्भाको पासको सदुपयोग गर्दै गोल गरेको थियो ।

जितसँगै सिटी कम्तीमा २४ घण्टाका लागि शीर्ष स्थानमा उक्लिएको छ । २९ खेल खेलेको लिभरपुको ७१ अंक भएको छ भने एक खेल कम खेलेको लिभरपुलको ६९ अंक छ । लिभरपुल आइतबार राति एभर्टनसँग खेल्दैछ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया