म्यानचेस्टर युनाइटेडकाे जितमा लुकाकुकाे २ गाेल

 फागुन १९, २०७५ आइतबार ७:१९:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

रोमेलु लुकाकुले दुई गोल गर्दा म्यानचेस्टर युनाइटेडले साउथह्याम्टनलाई ३–२ ले हराएको छ । वर्ल्ड ट्राफोर्डमा भएको खेलमा साउथह्याम्टनले पहिलो हाफमा लिएको एक गोलको अग्रता जोगाउन सकेन । 

यान भालेरीले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । ५३औं मिनेटमा एन्द्रियज परेराले युनाइटेडका लागि गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसको ६ मिनेट पनि वित्न नपाउँदै रोमेलु लुकालुले परेराको पासमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए ।

७५औं मिनेटमा वार्ड प्रोसेले गोल गर्दै साउथह्याम्टनलाई खेलमा फर्काए । तर रोमेलु लुकाकुले ८८औं मिनेटमा गोल गर्दै युनाइटेडलाई फेरि अग्रता दिलाए । 

इन्ज्युरी समयमा युनाइटेडले पेनाल्टी पनि पायो । तर पेनाल्टीलाई पाउल पोग्बाले गोलमा परिणत गर्न सकेनन् । जितसँगै युनाइटेड ५८ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया