वेष्ट इण्डिजविरुद्ध इंग्ल्याण्डकाे लज्जास्पद हार

 फागुन १९, २०७५ आइतबार ८:१२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

वेष्ट इण्डिज भ्रमणमा रहेको इंग्ल्याण्डले पाँचौं एक दिवशीय खेलमा लज्जास्पद हार ब्यहोरेको छ । पाँच खेलको श्रृङ्खला अन्तर्गत अन्तिम खेलमा टस जितेको वेष्ट इण्डिजले इंग्ल्याण्डलाई ब्याटिङको निम्तो दियो ।

उत्कृष्ट बलिङ गर्दै वेष्ट इण्डिजले इंग्ल्याण्डलाई २८.१ ओभरमा ११३ रनमा प्याक गर्‍याे । इंग्ल्याण्डका कुनै पनि खेलाडीले २५ रन बनाउन सकेनन् । बरु चारजना खेलाडी डकआउट भए । आठ जना खेलाडी क्याच आउट भएका थिए । 

ओशेन थोमस एक्लैले पाँच विकेट लिए । ज्यासन होल्डर र कार्लोस ब्राथह्वाइटले २–२ विकेट लिए ।

११४ रनको सानो लक्ष्य इण्डिजले १२ ओभरमै ३ विकेट गुमाएर पूरा गर्‍याे । क्रिश गेलले २७ बलमा पाँच चौका र नौ छक्का प्रहार गर्दै ७७ रन बनाएका थिए । उनले १९ बलमा अर्धशतक बनाए । उनको यही योगदानका कारण इण्डिजले सहज जित निकालेको थियो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया