सर्लाहीमा एकजनाकाे गाेली हानी हत्या

 फागुन १९, २०७५ आइतबार ९:१६:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

सर्लाही – सर्लाहीको मलंगवामा शनिबार राति गोली हानेर एकजनाको हत्या भएको छ । गोली प्रहारबाट मलंगवा नगरपालिका -२ घर भएका ३२ वर्षका  मनोज कुमार यादवको ज्यान गएको प्रहरीले जनाएको छ ।

घरमै भएका यादवलाई राति ९ बजे तिर कसैले फोन गरेर बोलाएर गोली हानी हत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । मृत शरीरमा पाँच गोली लागेको छ । राती अबेरसम्म  घर नफर्किपछि बिहान खोजी गर्दा मलंगवा आँखा अस्पताल अगाडि उनको शव फेला परेको  हो । 

सडकको  ठेक्कापट्टाको काम गर्दै आएका उनलाई आपसी विवादको कारण गोली हानेर हत्या गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक गोपाल चन्द्र  भट्टराईले जानकारी दिनुभयो । हत्याको बारेमा अनुसन्धान भैरहेको उहाँले बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया